राष्ट्रियता र लोकतन्त्र खतरामा परेको भन्दै खबरदारी गर्न नागरिक समाज फेरि संगठित

काठमाडौं । मूख्य दलहरुको गैरजिम्मेवार क्रियाकलापले राष्ट्रियता र लोकतन्त्र खतरामा परेको भन्दै खबरदारी गर्न नागरिक समाज फेरि संगठित भएको छ । राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका विषयमा सरकारलाई खबरदारी गर्ने उद्देश्यले डा. रमेश ढुंगेलको संयोजकत्वमा समाजका प्रबुद्ध ब्यक्तिहरुले नागरिक सभा गठन गरेका हुन् ।


नागरिक सभाका सदस्यहरुमा राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी, वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ, कानुनविद् श्रीहरी अर्याललगायतका व्यक्तित्वहरु रहेका छन् ।
 
नागरिक समाजको घोषणापत्रमा राजनीतिक दललाई विदेशीको मुख नताकी नेपाली जनताको हीतमा काम गर्न आग्रह गरिएको छ ।


रासस