दोहोरो बन्दको कारण कर्णाली राजमार्ग ठप्प

सुर्खेत । दोहोरो बन्दको कारण आज दोस्रो दिन पनि कर्णाली राजमार्ग ठप्प बनेको छ । दैलेख बस दुर्घटनाको पीडित र यातायात व्यवसायीले आह्वान गरेको बन्दले राजमार्ग ठप्प बनेको हो । बन्दको कारण दैलेख, जाजरकोट, कालिकोट, जुम्लालगायतका जिल्लामा सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् ।


कर्णाली राजमार्गअन्तर्गत दैलेखको नेपामा भएको बस दुर्घटनाका पीडित परिवारले आफ्ना माग पुरा नभएको भन्दै राजमार्गमा प्रदर्शन गरिरहेका छन् भने सुर्खेतका ७ वटा यातायात व्यवसायीले असुरक्षाको कारण देखाउँदै राजमार्गमा सेवा बन्द गरेका छन् । जेठ २२ गते नेपा गाविस ८ स्यालामा बस दुर्घटना भएको थियो ।


दुर्घटनामा ६ जनाको मृत्यु र ४० जना घाईते भएका थिए । मृतक प्रतिव्यक्ति ६ लाख र घाईतेको दीर्घकालीन उपचार हुनुपर्ने, तत्काल ट्राफिक पोष्ट स्थापना गर्नुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने पीडित परिवारको माग छ । यातायात व्यवसायीले भने दुर्घटना प्रतिष्पर्धाका कारण नभई बर्षा पछि हिलाम्मे र चिप्लो बाटोका कारण भएको दावी गरेका छन् ।

 

RSS