डाक्टर, प्रशासन र जनस्वास्थ्यका कर्मचारीबीचको आपसी द्धन्द्धले अर्घाखाँची जिल्ला अस्पताल अस्तव्यस्त

– वीरेन्द्र केसी


सन्धिखर्क, अर्घाखाँची ।  डाक्टर, प्रशासन र कर्मचारीबीच तालमेल हुन नसक्दा अर्घाखाँची जिल्ला अस्पतालमा विरामी मर्कामा परेका छन ।

 


 

डाक्टरले विरामीको उपचारमा ध्यान नदिदा अस्पतालमा आउने विरामीको संख्या घटिरहेको छ । अस्पतालमा कार्यरत ६ जना डाक्टरबीच आपसी मतभेदका कारण विरामी मर्कामा परेका छन । डाक्टर, प्रशासन र जनस्वास्थ्यका कर्मचारीबीचको आपसी द्धन्द्धले अस्पताल अस्तव्यस्त बन्न पुगेको छ । अस्पताल फोहोरले दुर्गन्धित छ । आकस्मिक कक्ष देखी प्रसुती सेवासम्मका वेड र कोठामा फोहोर छन । डिउटीमा खटिएका डाक्टर नै बस्दैनन् । अस्पताल प्रमुखले डाक्टरलाई असमान व्यवहार गरेको गुनासो छ । विरामीले जिल्ला अस्पतालबाट प्रभावकारी सेवा पाउन सकेका छैनन् । अस्पतालमा राम्रो सेवा छैन, ढाकावाङका पुर्वगाविस अध्यक्ष शिव खनालले भने, विरामी नातीलाई उपचार गर्न डाक्टरनै आएनन नर्सहरुले मात्रै गरे । अस्पतालमा भर्ना भएर बसेका विरामीलाई चासो नै दिदैनन् । डिउटीमा सोध्दा डाक्टर खटिएका छन भने तर कस्तो भनेर पनि सोधेनन् । रातीको बेला आकस्मिक कक्षमा आउने विरामी डाक्टरको भेटिदैनन् ।


राजनीतिक पहुचको आधारमा डिउटीलाई डाक्टरले नै वेवस्ता गर्दा अस्पताल व्रिगदै गएको छ । अस्पताल वरपर देखी विरामी कक्ष र सौचालयमा दुर्गन्धित छन । सौचालयमा महिलाले प्रयोग गर्ने अस्थायी साधन देखी महिनवारी भएका सामाग्री वरपरी देखिन्छन । औषधि सिसा, प्लाष्टिक जथाभावी छन । १२ वर्षसम्म डा. चित्रप्रसाद शर्मा वाग्ले अस्पताल प्रमुख रहेर बस्दा सबैले प्रभावकारी सेवा पाएको र अहिले एक वर्ष देखी सेवा खस्किएको रहेछ, खनाल भन्छन, बरु वुटवल गए राम्रो । अस्पताल प्रमुख डा.यामबहादुर वस्नेत, डा.लक्ष्मण शर्मा, डा.विष्णु आचार्य, डा.सुदर्शन कोईराला, डा.निवास बुढाथोकी र डा. नविन दर्नाल र जनस्वास्थ्य अधिृकत लिला गौतम बीच एक आपसमा विवाद बढदै गएकाले अस्पतालको छवि घटेको छ । अस्पताल प्रमुख बस्नेत र गौतमले मनोमानी गरेकाले काम गर्न गाह्रो परेको अरु डाक्टरको गुनासो गर्छन । राजनीतिक पहुच भएका डाक्टरले नियमित डिउटी र विरामी चेक नगरेको अस्पताल स्रोतले दावी छ । डा. शर्मा नियमति अस्पतालमा खटिने गरेका छन । बस्नेत, गौतम र जनस्वास्थ्यमा कार्यरत कर्मचारीले तालिम देखी सबै सेवा सुविधाबाट वञ्चित गरेको शर्माको गुनासो छ । जिल्लामा सबै डा. विशेषज्ञ नै छन तर समन्यवनको अभाव र पहुचका आधारमा काम गर्दा सेवा सुविधा प्रभावकारी बन्नमा बाधा आएको उनको भनाई छ ।

 

डा. दर्नालका अनुसार अस्पताल प्रमुखले व्वस्थापन र सबै डाक्टरलाई टाईटेवल बनाउन ध्यान नदिदा अस्पताल विग्रिएको बताए । उनले विग्रिदै गएको अस्पताललाई सुधार गर्नु जरुरी रहेको बताए । रातीमा आउने आकस्मिक विरामीले घण्टौसम्म डाक्टरलाई कुर्नपर्ने बाध्यता छ । अस्पताल सञ्चालक समिति समेत क्रियाशिल छैन । सरकारी अस्पतालमा कार्यरत सबै डाक्टर नीजि क्लिनमा कार्यरत छन । अस्पतालको अवस्था राम्रो नभएपछि निजी क्लिनकमा चर्को शुल्क तिरेर नीजि किल्नक र फार्मेसीहरुमा धाउन बाध्य छन । अस्पताललाई सुधार गर्नुपर्ने चारैतिरबाट कुरा उठेपनि कसैको ध्यान गएको छैन । डा. बस्नेतले अस्पताललाई गुढात्मक सुधार गर्दै लैजाने र डाक्टरलाइ समान डिउटी, ताललिम र सेवा सुविधा र अवसर दिईन उनले बताए ।

 

जिल्ला अस्पतालमा दैनिक ५० लेखी एक सयसम्म विरामीको चाप हुने गरेपनि आईतवार २० जना जति मुस्किलले विरामी थिए ।

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।