लक्ष्मण कार्की – गुण्डा नाइके भनेर चिनिएका परशुराम बस्नेतलाई गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको सम्बन्धी मुद्दामा विशेष अदालतले २ करोड रुपैयाँ धरौटी माग गरेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा विशेष अदातलका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यहरु मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासले बस्नेतसँग २ करोड रुपैया धरौटी माग गरेको हो ।
तत्काल धरौटी बुझाउन नसकेपछि बस्नेतलाई जगन्नाथ देवल जेलमा चलान गरिएको विशेष अदालतका रजिष्टार धीरवहादुर चन्दले जानकारी दिनुभयो ।
बस्नेतले धरौटीको जेथोका रुपमा विराटनगरको जग्गा दिने निवेदन दिएको र केहीदिनभित्र जग्गाले धरौटी बराबरको रुपैयाँ बोक्न सक्ने नसक्नेबारे अध्ययन गरिने उहाँले बताउनुभयो ।
विशेष अदालतले परशुरामकी श्रीमती अञ्जुलाई भने सम्पत्ति आर्जनमा प्रत्यक्ष संलग्न रहेको नपाइएको भन्दै साधारण तारिखमा छोडेको छ ।
वस्नेत एमालेको भातृ संगठन युवासंघका केन्द्रिय सदस्य हुन् ।
सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको दावी गर्दे बस्नेतलगायत गुण्डाका नाइके भनेर चिनिएकाहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।