देउवाको भ्रमणप्रति कोइराला र पौडेल सशंकित/सभापतिलाई मात्रै नभएर कोइराला परिवारलाई अपमान गर्न खोजिएको हो-परिवार स्रोत

कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाको भारत भ्रमणलाई लिएर पार्टी सभापति सुशिल कोइराला र उपसभापति रामचन्द्र पौडेल संशकित छन् । ६ दिने भ्रमणमा आइतबार त्यसतर्फ प्रस्थान गरेका देउवालाई भारत सरकारले उच्च स्थान दिनुका पछि भावी प्रधानमन्त्रीको रुपमा उभ्याउन सक्ने संभावनाबाट कोइराला र पौडेल संशिकत बन्न पुगेका हुन् ।
भारतसंग सम्वन्ध विग्रेका कारण नै कोइराला र पौडेल उम्मेदवार बनाइएर पनि प्रधानमन्त्री हुन नसकेको बुझाई पार्टीभित्र छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको तुलनामा देउवाको भ्रमणलाई बढी महत्व दिनुको पछि पनि भारतले भविष्यमा प्रधानमन्त्रीका रुपमा ‘एक्सपोज’ गर्न खोजेको चिसो कोइराला र पौडेललाई परेको छ ।
‘अहिले जुन प्राथमिकताका साथ देउवाजीलाई भ्रमणमा बोलाएको छ, यो सभापतिलाई मात्रै नभएर कोइराला परिवारलाई अपमान गर्न खोजिएको हो’ भारत मामिलाका जानकार समेत रहेका कोइराला निकट एक केन्द्रीय सदस्यले भने, ‘भारतले बोलाउन नखोजेकै भन्ने त होइन । तर,  कोइरालाले दक्षिण छिमेकीलाई चित्त बुझाउन सक्नु भएन । त्यसैको परिणाम अहिले भारतले देखाईदिएको हो ।’
सभापति निर्वाचित भएपछि भारतसंगको सम्वन्ध सुमधुर बनाउने प्रयास कोइरालाले पनि थालेका हुन । सभापति भएपछिको पहिलो भ्रमणमा कोइरालालाई पनि भारत सरकारले यस्तै उच्च स्थान दिएको थियो । तर, संघियताको मुद्दामा भारतसंग कोइरालाको चिसोपन बढ्यो । खासग वीरगंजमा भारतीय कन्सुलर एसडी मेहताले एक मधेश एक प्रदेशको पक्षमा दिएको अभिव्यक्तीप्रति कोइरालाले खेद व्यक्त गरे । जसबाट भारत बढीनै चिढियो ।