टर्कीको इस्तानबुलमा डेरा जमाएर बसेका सरकार विरोधी प्रदर्शनकारी हटाउन दंगा प्रहरी परिचालन

काठमाडौं । टर्कीको इस्तानबुलस्थित तक्सिम स्वायरमा विगत दुई हप्ता देखी डेरा जमाएर बसेका सरकार विरोधी प्रदर्शनकारी हटाउन दंगा प्रहरी परिचालन गरिएको छ । प्रधानमन्त्री रिसेप ताप्पिय एर्डोगनले प्रदर्शनकारीसंग बुधबार वार्तामा बस्न सहमति जनाए लगत्तै दंगा प्रहरी परिचालन गरिएको बताइएको छ ।


दंगा प्रहरीले प्रदर्शनकारी माथि अश्रु ग्यास र रबरका गोली प्रहार गरेको छ भने केही प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेका छन् । गेजी पार्क पूननिर्माण गर्ने सरकारी योजनाको विरोधबाट शुरु भएको प्रदर्शन सरकार विरोधी प्रदर्शनमा परिणत भएपछि अहिले टर्की अशान्त छ ।


 प्रदर्शनकारीहरुले प्रधानमन्त्री एर्डोगनको सरकार सर्वसत्ताबादी बन्दै धर्मनिरपेक्ष मुलुकमा पूरातन इस्लामिक मुल्य स्थापित गर्न खोजेको आरोप लगाएका छन् । प्रदर्शन शुरु भए यता तीन जना मानिस मारिनुका साथै ५ सय भन्दा बढी घाईते भइसकेका छन् ।

 

AGENCIES