इलाम । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैद्य नेतृत्वको नेकपा-माओवादी नआए पनि अब कसैले निर्वाचन रोक्न नसक्ने दावी गरेका छन् ।
वैद्य पक्ष निर्वाचनमा आउने विश्वास व्यक्त गर्दै उनले नआए चुनाव नरोकिने प्रष्ट पारे । निर्वाचनसम्बन्धी अध्यादेश बनाएर मिति तोक्न चार दलले सरकारलाई सहमति दिएकाले चाँडै मिति घोषणा हुने उनको भनाइ थियो ।
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनका लागि पाँचथर जाने क्रममा आज विहान इलाममा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मंसिरको पहिलो सातासम्ममा निर्वाचन हुने दावी पनि गरे ।
थ्रेस होल्डलगायतका निर्वाचन ऐनका विषयमा सरकारले जे निर्णय गर्छ त्यो सबैले मान्नुपर्ने सहमति हिजो चार दलमा भएको पनि उनले सुनाए ।
RSS