झापाको काँकडभिट्टा तनावग्रस्त

झापा  । झापाको काँकटभिट्टाका वासिन्दाले विद्युत आपूर्ति अनियमित भएको भन्दै आज दिनभर प्रदर्शन गरेका छन् ।
 प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेपछि काँकडभिट्टा दिनभर तनावग्रस्त बन्यो । त्यस क्रममा प्रहरीले हवाई फायर र अश्रुग्याँस समेत प्रहार गरेको थियो । 
दैनिक १५ घण्टाभन्दा बढी विद्युत आपूर्ति नभएपछि सर्वसाधारण काँकडभिट्टास्थित विद्युत प्राधिकरण कार्यालय घेर्न पुगेका थिए । 
प्राधिकरणले लोडसेडिङ दैनिक आठ घण्टामा झारेको बताए पनि काँकटभिट्टामा अहिले पनि दैनिक १५ घण्टासम्म लोडसेडिङ कटौति गर्दै आएको गुनासो स्थानीयले गरेका छन् । 
प्रहरीको कुटाईबाट केही प्रदर्शनकारी घाइते भएका जनाइएको छ ।
RSS