स्वरोजगारका लागि ५० करोड बाँडिने

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आगामी साता विभिन्न सहकारीलाई ५० करोड रुपैयाँ बाँड्ने भएको छ । ७३ जिल्लाका एक हजार तीन सय ११ वटा सरकारीको आवेदन परेकोमा यसअघि ६० करोड रुपैयाँ कोषले उपलब्ध गराइसकेको छ ।


विहीबार राजधानीमा आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक विनोद गुरागाँईले आवेदन दिने मध्ये छानिएका सहकारीलाई आगामी साता ५० करोड रुपैयाँ दिन लागिएको बताएका हुन् ।

स्वरोजगार अभियानका लागि सहकारी नै उपयुक्त माध्यम भएकाले सहकारी मार्फत रकम दिदै आएको उनको भनाई छ । बैंकहरुले उचित रुपमा रकम पु