ग्रीसमा सरकारी टेलिभिजन र रेडियो सेवा बन्द गर्ने निर्णय विरुद्ध एकदिने आमहड्तालको आह्वान

एथेन्स । आर्थिक संकटग्रस्त युरोपेली मुलुक ग्रीसमा सरकारी टेलिभिजन र रेडियो कम्पनी ईआरटीको सेवा बन्द गर्ने सरकारको निर्णय विरुद्ध एकदिने आमहड्तालको आह्वान गरिएको छ । आमहड्तालको असर ग्रीसका सञ्चारमाध्यमहरुमा पनि परेको छ ।

विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुले अनिश्चितकालीन आमहड्तालमा उत्रन सहकर्मीहरुलाई आह्वान गरेका छन् । आमहड्तालका कारण विद्यालय, अस्पताल र कर कार्यालय बन्द छन् भने राजधानी एथेन्समा यातायात सेवा पूरै प्रभावित भएको समाचारमा जनाइएको छ ।

आमहड्तालसँगै विपक्षीहरुले विरोधका थप कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री एण्टोनिस सामारासले ईआरटी