सरकारले मंसिर ४ गतेका लागि निर्वाचन गर्न मिति तोकेकोमा उच्चस्तरीय राजनीतिक समितिद्धारा स्वागत

काठमाडौं  । सरकारले मंसिर ४ गतेका लागि दोस्रो संविधानसभाको निर्वाचन
गर्न मिति तोकेकामा चार दलको उच्चस्तरीय राजनीतिक समितिले स्वागत गरेको छ । एकीकृत
माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका नेता सम्मिलित उक्त
समितिको आज विहान नयाँवानेश्वरमा बसेको बैठकल चुनावको मिति घोषणाको स्वागत गरेको हो

त्यसैगरी समितिले आन्दोलनमा रहेका सबै दललाई चुनावी प्रक्रियामा सामेल
हुन आह्वान गरेको छ । ती दललाई सहमतिमा ल्याउन तत्काल वार्ता थाल्ने पनि समितिले
निर्णय गरेको छ ।

यसका साथै भोलिबाट उच्चस्तरीय राजनीतिक समितिको
संयोजकत्वको जिम्मेवारी पनि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार
गच्छदारमा हस्तान्तरण गरिएको छ ।

अर्को बैठक असार २ गते बस्ने जनाइएको छ

 

RSS