मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीद्धारा संविधानसभाको निर्वाचन सफल बनाउन देशवासीलाई आग्रह

काठमाडौं । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन सफलताका साथ सफल बनाउन सहयोग गर्न देशवासीलाई आग्रह गरेका छन् । मन्त्रिपरिषदको अध्यक्ष बनेपछि आज देशवासीका नाममा पहिलो पटक सम्बोधन गर्दै रेग्मीले संविधानसभाको दोस्रो निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्न सहयोग गर्न सबैमा आग्रह गरेका हुन् । मुलुकमा राजनीतिक संकट छाएका बेलामा आफूले चुनावी सरकारको नेतृत्व सम्हाल्न पाएको स्मरण गर्दै अध्यक्ष रेग्मीले आफू चुनाव सम्पन्न गर्नकै लागि आएको स्पष्टसमेत पारे ।

प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेको आफूलाई सरकारको जिम्मा सम्हाल्ने कुनै रहर नभएपनि पाएको जिम्माबाट पन्छिनु हुन्न भनी जिम्मेवारी स्वीकार गरेको बताए । प्रधानन्यायाधीशप्रति गरिएको विश्वास भनेको न्यायपालिकाप्रति गरिएको विश्वास भएको बताउँदै रेग्मीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कटिवद्ध भएर लागेको जानकारी दिए ।

शक्तिपृथकीकरणको मामिलामा आफू सचेत रहेको बताउँदै अध्यक्ष रेग्मीले यतिबेला आफू न्यायपालिकाको भूमिकाबाट अलग रहेको स्पष्ट पारे ।


संविधानसभाको निर्वाचन आवधिक निर्वाचन जस्तो नभएकाले अवसरको रुपमा फेरि आएकाले सक्रियतापूर्वक सबैलाई अधिकार प्रयोग गर्नसमेत समग्र नेपालीलाई रेग्मीले आग्रह गरे । राष्ट्रप्रति दायित्ववोध गरी चुनावमा सहभागी हुन उनले पटक