काठमाडौं । राष्ट्रपति डाक्टर रामबरण यादवको स्वास्थ्यमा समस्या आएपछि उनलाई थप उपचारको लागि सोमबार जापान लैजाने भएको छ।
राष्ट्रपति यादवको ठूलो आन्द्रामा दाग देखिएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान चिकित्सकहरुले सुझाव दिएका थिए ।
विगत दुइ महिनादेखि पखाला लाग्ने समस्याबाट पीडित रहेका राष्ट्रपति यादवको महाराजगञ्जस्थित शिक्षण अस्पताल र धापासीस्थित ग्राण्डी अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा ठूलो आन्द्रामा घाउ रहेको पत्ता लागेको थियो ।
RSS