दलित बस्तिमा भएको आक्रमणका दोषीलाई कारबाही माग गर्दै रौतहटमा धर्ना

रौतहट । एकसाता अघि रौतहटको पिपरिया दोस्तिया गाविसस्थित दलित बस्तिमा भएको आक्रमणका दोषीलाई कारबाही माग गर्दै दलित समुदायले  गौरस्थित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

 

करीब तीन घण्टाको धर्नाका कारण जिल्ला प्रशासन कार्यालयमा काम प्रभावित भएको थियो ।

 

 गत जेठ २४ गते गैरदलित समुदायले दलित बस्तिमा आक्रमण गरेको भन्दै १६ जना गैर दलितमाथि कारबाहीका लागि जाहेरी दिइएकोमा कोशी पनि पक्राउ नपरेपछि दलित समुदायले धर्ना दिएका हुन् ।

 

RSS