असार महिनासँगै देशभर मनसुन वर्षा शुरु


 

काठमाडौं । असारको शुरुसँगै मुलुकमा मनसुन भित्रिएको छ । अस्तीबाट पूर्वी भागबाट मनसुन शुरु भएपनि हिजोबाट भने वर्षा भएको हो । यद्यपि, राजधानी काठमाडौंसहितका क्षेत्रमा जेठभर जस्तै कुनैनकुनै मात्रामा पानी परिरहेकै थियो । मनसुनी वर्षा शुरु हुँदा यस वर्ष धान रोपाई बैलैमा थालिने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले वरिष्ठ मौसमविद् राजेन्द्रंप्रसाद श्रेष्ठले मनसुन प्रवेशसँगै ताप्लेजुङदेखि डडेलधुरासम्मै प्रभाव देखिएको बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो ताप्लेजुङदेखि डडलेधुरासम्मै वर्षा भयो ।


सामान्यतया नेपालमा एक सय तीन दिन अर्थात् सेप्टेम्बर २३ सम्म मनसुनी अवधि मानिन्छ । यस अवधिमा औसत एक हजार तीन सय मिलिमिटर वर्षा हुने गरेको छ । यस वर्ष मे महिनामा देशभर नै औसतभन्दा बढी पानी परेको थियो ।

 

RSS