अर्घाखाँचीमा विकास निर्माण: असार मसान्त आएलगत्तै बजेट मिलाउ, खाउ योजना

– नेत्र मरासिनी

 

सन्धिखर्क, अर्घाखाँची । जब पर्यो राती तब बुढि ताती भनेझै जब बर्षा सुरुहुन्छ तब अर्घाखाँचीमा विकास निर्माणका कामले तिब्रता पाउने गरेका   छन् । बिशेष गरी असार मसान्तलाई लक्षित गरी विकास निर्माणका कामहरु हुनेगरेको पाइन्छ ।

 

असार मसान्तसम्ममा बजेट नसिध्धीए फ्रिज हुने कारणलेगर्दा असार मसान्त आउनै लाग्दा बिकासे अड्डाहरुलाइ भ्याइ नभ्याइ हुनेगरेको पाइन्छ । बर्षाको समयमा गरिएका निर्माणका काम दिगो र प्रभाबकारी नहुने भएपनी बजेट सक्नकै लागी पनी काम भइरहेको देखाइन्छ ।


 एकातिर क्रिते उपभोक्ता समिती गठन गरेर वा उपभोक्ता समिती मार्फत काम भएको देखाएर राजनितिक दल देखी कर्मचारी सम्म मिलाउ, खाउ योजनामा व्यस्त देखीन्छन् भने अर्कोतिर  दिनका दिन तालिम र गोष्टि सन्चालनका नाममा मिलाउ, खाउ योजना बनिरहेका हुन्छन् ।


 नया आर्थिक बर्ष सुरुहुनु भन्दा पहिलेनै सम्पुर्ण कामहरु सकि प्राबिधिकहरुबाट पास गराइ भुक्तानी दिनुपर्ने प्राबधान रहेपनी, आर्थिक बर्षको अन्त्यमा काम सुरु गर्ने र काम सकिएको देखाई मिलेमतोमै रकम निकासा गर्ने गरेको पाइन्छ ।

 

 


Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।







 

अन्य समाचारहरु