अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त, बाढी र पहिरोले सुदूरपश्चिममा क्षति, कयौको मृत्‍यु, बेपत्ता

 
 कैलाली  । तीन दिनदेखि लगातार आएको वर्षा, बाढी र पहिरोले सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त बनेको छ । विभिन्न क्षेत्र डुवानमा परेका छन् भने दर्जनौं घरपरिवार विस्थापित भएका छन् । महाकाली र सेती नदीमा पानीको सतह बढेर बाढी आउँदा दार्चुला सदरमुकाम खलंगा र बझाङको सदरमुकाम चैनपुर उच्च जोखिममा परेको छ । महाकाली नदीमा आएको बाढीले सदरमुकाम खलंगाका पाँच दर्जन घर, झण्डै दर्जन सरकारी कार्यालय र पसल बगाएको छ ।
 सेती नदीमा आएको बाढीले बझाङमा तीन घर बगाएको प्रहरीले बताएको छ । दार्चुला सदरमुकाम खलंगाको बांगाबगड तथा रिंगनेतालका दुई दर्जन घर तथा पसल, खलंगा २ गल्फैका १० घर तथा पसल, तितरसैनस्थित श्रोत केन्द्र भवन खलंगाका साथै दार्चुला