काठमाडौं । मंसीर चार गते सरकारले घोषणा गरेको निर्वाचनविरुद्ध रहेका सबै दललाई वार्तामा आएर छलफलबाट समस्याको समाधान खोज्न मूख्य चार दलले फेरि आह्वान गरेका छन् ।
चार दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको आज बसेको बैठकले मंसीर चार गतेको निर्वाचन सफल बनाउन आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय पनि गरेको छ ।
नेकपा-माओवादीसहितका दललाई बन्द, हडताल जस्ता नकारात्मक बाटो छाडेर चुनावमा संलग्न हुन पनि उक्त समितिको सल्लाह छ ।
समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकले राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्यस्थितिप्रति चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
RSS