काठमाडौं – निर्वाचन आयोगले अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्न कार्यतालिका पारित गरेको छ । उसले यो कार्यतालिका यही असारदेखि लागू हुने भनेको छ । आगामी मंसिर ४ गते हुने घोषित चुनावी मितिलाई लिएर कार्यतालिका निर्माण गरेको हो ।
आयोगले असार मसान्तसम्म मतदाता नाम दर्ता गर्ने अन्तिम समयसीमा राखेको छ । दर्ता भएका नामावली साउन तेस्रो हप्तासम्म दावी विरोध, छानविन गर्ने तथा अन्तिम नामावली प्रकाशन गर्ने भनेको छ । साउन तेस्रो सातासम्ममा निर्वाचन प्रयोजनका लागि राजनैतिक दल दर्ताको अन्तिम निर्णय र मतदान केन्द्र निर्धारण गर्ने आयोगका प्रवक्ता बीरबहादुर राईले विज्ञप्तिमा जनाएका छन् ।
त्यसैगरी मतदाता शिक्षा तालिम, सामग्री वितरण तथा सम्प्रेषण कात्तिक तेस्रो सातासम्म गरिने छ । आचारसंहिता तर्जुमा, अनुमोदन, कार्यान्वय र अनुगमन मंसिर मसान्तसम्म हुने भनेको छ । भदौ मसान्तभित्र निर्वाचन अधिकृतहरुको नियुक्ति, तालिम र कार्यालय स्थापना गर्ने भनेको छ ।
त्यस्तै असोज पहिलो हप्ताभित्र समानुपातिक तर्फको उम्मेदवारी सम्बन्धी निर्वाचन कार्यक्रम तयारी तथा सञ्चालन गर्ने, तेस्रो हप्तासम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचन कार्यक्रम सञ्चालन गर्ने भनेको छ ।
आयोगले कात्तिक तेस्रो सातासम्म राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारवालासूग अन्त्रक्रिर्या गर्ने जनाएको छ । यही असारदेखि मंसिरसम्म निर्वाचन पर्यवेक्षणसम्बन्धी नीति र निर्देशिका तर्जुमा, अनुमोदन, व्यवस्थापन गर्नेछ । सञ्चार माध्यम अनुगमन, संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना, मिडिया सेन्टरको विकास, व्यवस्थापन र सञ्चालन गर्ने विज्ञप्तिमा छ ।
RSS