अमेरिका । संयुक्त राष्ट्रसंघले सन् २०१२ मा मात्रै विश्वभर ७ करोड ६० लाख व्यक्ति शरणार्थी बनेको जनाएको छ । जुन सन् १९९४ पछिको सबैभन्दा बढी हो ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगले हालै सार्वजनिक गरेको तथ्यांकमा सिरियाको हिंसा नै शरणार्थी बृद्धीको मुख्य कारण भएको औंल्याईएको छ ।
रिपोर्टमा पाँच राष्ट्रका करीब ५५ प्रतिशत शरणार्थीका रुपमा बिभिन्न मुलुकमा रहेका छन् । जसमा सोमालिया, ईराक, सुडान, सिरिया र अफगानिस्तानका नागरिक छन् ।
जसमध्ये अफगानिस्तानका ९५ प्रतिशत नागरिक ईरान र पाकिस्तानमा शरणार्थीका रुपमा रहेका छन् । अफगानिस्तानपछि सोमालियाका शरणार्थीको संख्या अत्यधिक भएको बताइएको छ ।
Agencies