बाबु रोका मगर”अपरिचित”
हाम्रो देश नेपाल दुई ढुङ्गा बिच को एउटा तरुल जस्तै हो | तरुल मौलाउन खोज्दछ भने दुई तर्फका ढुङ्गाहरु यसलाई दबाउने कोशीस गर्दछन तरुल आत्तिएर निशासिन्छ, चिच्याउछ,कराउछ,आक्रोशित बन्छ तर कुनै उपाय न भएपछी उदासीनता बन्नु स्वाभाविक नै हो | तरुल धेरै कमजोर भएको छ उ भित्र पहिलेको जस्तो पौष्टिक तत्व नभएको र रोगहरु सँग लड्न सक्ने र आफ्नो आत्मा रक्षा गर्ने क्षमता नभएको महसुस गरी रहेको छ | उ भित्र विषालु भाईरसहरुले प्रवेश गरी सकेका छन दिनका दिन उसलाई कमजोर बनाउदै ति भाईरसहरु उसको शक्तिलाई लुछाचुडी गर्दै आफुहरु खुब रमाइ रहेका छन प्रत्येक दिन दसैं,तिहार मनाइ रहेका छन |
अब यि भाईरसहरुलाई क्लिन गर्न नेपाल भित्र नै यस्तो शक्तिशाली एन्टी भाईरस को इन्भेन्सन(आविष्कार) गरी सदाको लागी यि भाईरस हरुलाई डिलिट् गर्न देश प्रेमी जनताहरुले आ-आफ्नो ठाउँ बाट शक्तिशाली एन्टी भाईरस को सर्च गर्नु पर्ने आबश्यक भएको छ | हजुर म कुनै खेत,बारी अनी बन,जंगल मा फल्ने तरुल को कुरा होइन म त आफ्नै देश तरुल जस्तै “नेपाल” को कुरा गरी रहेको छु |
मुख्य कुरा यती बेला नेपालको राजनैतीक स्तिथी गम्भिर अवस्थामा गुज्री रहेको छ देश लाई यहाँ सम्म र यो हालत मा ल्याई पुर्याउने राजनैतीक दल र हामी स्वयम नेपाली जनता को ठुलो हात छ | देश मा निरंकुश शासन लाई हटाएर प्रजातन्त्र,बहुदलिय र गणतन्त्र ब्यबस्था नाम मा मात्र सिमित रहेको अहिलेको समय ले स्पष्ट देखाइ रहेको छ | देश मा आबश्यक भन्दा बढी बिभिन्न खाले राजनीतिक पार्टी र संघ संस्था हरुले गर्दा खेरी पनि कार्य नवयन मा बाधा पुर्याउने भई रहेको छ सधैं एक ले अर्काको बिरोध गर्ने जिन्दावाद,मुर्दावाद,नेपाल बन्द आदी इत्यादी | यो बाहेक अरु के नै हुन सकेको छ र? अब पनि देशमा संबिधान र शान्ती कायम भएन भने मुलुकले ठुलो दु:ख भोग्नु पर्ने हुन्छ |
देशको काँध थाम्ने दरिला खम्बा मानिने युवा शक्ती जती देशमा गरिखाने अवस्था न भएपछी लाखौं युवा बिदेशमा गई आफ्नो अमुल्य श्रम र रगत,पसिना सस्तो मुल्य मा बेच्न वाध्य भएका छन | यो पनि हाम्रै आफ्नै कमी ले नै हो किन कि हाम्रीहरु आफ्नो देशमा केही गर्न चाहन्नौ हामीहरुलाई लाज लाग्छ | घरमा आफुले खाएको जुठो भाँडा पनि माझ्न लजाउने मान्छे बिदेशमा दुनियाँको जुठो भाँडा माझ्न तयार हुन्छौ | तपाईं हामी आफ्नै आँखाले देखेकै कुरा हो हाम्रो छिमेकी देश भारत बाट नेपाल आउने जती पनि मान्छे नोकरी गर्न भनेर होइन ब्यापार गर्ने सोच लिएर आएका हुन्छन र गरेर देखाएका पनि छन | तर हामीहरु भने यस्तो किन? यो अब्स्था कहिले सम्म झेल्ने र हामी डराएर सधैं बिदेशी हरुको गुलामी बन्ने?
राजनीतिक दल का नेताहरु बाट त सधैं गल्ती नै भईरहेको छ तर यि गल्ती गर्ने नेताहरुलाई सहयोग गर्ने हामी जनता हरुको झन ठुलो गल्ती भईरहेको छ | हामीहरु जानी जानी आफ्नो खुट्टा मा बन्चरो हिर्काइ रहेका छौ धेरै पैसा कमाउने र यसो आराम को अभिलाषामा हामी आफ्नो महानतालाई भुलेर आफ्नो देश लाई खाडल मा धकली रहेका छौ | युवा जती बिदेश पलायन भए पछी गाउ घर सुन्य भएको छ कुनै-कुनै गाउमा त मरेको लाश उठाउने पुरुष भेटाउन गाह्रो भएको छ | गाउमा सुरक्षा छैन स्वास्थ्य चौकी छैन उच्च शिक्षा छैन देशमा संबिधान नै छैन एक अर्को सँग कोही डराउदैन गणतन्त्र को भाषण छाट्ने ले गणतन्त्र के हो? जानेकै छैन यस्तो तरिकाले हामी र हाम्रो देश कहिल्यै सफल बन्न सक्दैनौ |
जहाँ तक मलाई लाग्दछ नेपालीहरु विश्वको कुनै कुनाम न पुगेको छैनन् होलान भन्ने लाग्दैन परिवारको खुशी को लागी संसार छिचोल्दै बिदेश मा बस्नु हुने मित्र हरुले नै भन्नु होस् जहां तपाईं हामी बिभिन्न देश मा कार्यरत छौ त्यहाँ राजनीतिक,बिकास,काम गर्ने र गराउने तौर तरिका र नेपालीहरु प्रती गरिने व्यबहार कस्तो छ? भन्न्छन नि समुन्द्र को ठुलो माछोले सानो माछोलाई खान्छ हामी संसारको जुनसुकै ठाउँ मा भएता पनि हामी प्रती गरिने व्यबहार धेरै दयनिय हुन्छ | देश गुलाम भएन रे त्यो त महान कुरा हो तर त्यो देश का जनताहरु गुलाम किन? देशको मुख्य भाग भनेको नै युवा हो तर यहाँ पञ्चेकाल देखिका नै मान्छे नेता,मन्त्री,प्रधान मन्त्री भएर मस्ती गरिरहेका छन |
यिनिहरुलाई त साउन मा आँखा फुटेको गोरुले सधैं भरी हरियो देख्छ भन्ने उखान लाई यथार्थ मा देखाएका छन |पञ्चेकाल का मान्छे नै हुन उनिहरुलाई त पञ्चेकाल मा जे गरिन्थ्यो त्यही कुरा मात्र थाहा छ | तपाइ हामी युवाहरुको दिमागलाई फ्राइ गरेर साँझ बिहान एक-एक चम्चा खाने गरेका छन मतलब छोट्कारी मा भन्नु पर्दा युवाहरुलाई बिदेश मा नोकरी को प्रलोभन देखाएर बिदेश पठाउने आफुहरु यहाँ मस्ती गर्ने अनी देश लाई खोक्रो बनाइ आफुहरु पालई सँग सत्ता मा राज गर्ने |
देश को समस्याको समाधान के कसरी गर्ने भन्ने बिषयमा युवा वर्गहरुले गहिरो सोच बिचार हुनु पर्यो साथै गहन भूमिका निभाउनु पर्ने अती आबश्यक छ | कतिपय पढे लेखेका युवाहरु एनआरएन भएर बिदेशमा नै बसोबास गर्ने र आफ्नो देश प्रती कुनै चासो न देखाउने यो पनि देशको लागि नराम्रो पक्ष हो | तसर्थ तपाईं हामी हरुले म को हुँ? म कस्को लागि? भन्ने कुरा बुझ्न जरुरी छ | मेरो मतलब देशले मलाई के दियो होइन देशलाई मैले के दिए भन्ने भावना र सोच तपाईं हामीहरुमा हुनु पर्यो | नेपाल रह्यो भने मात्र हामी नेपाली हुने हो |
सधैं बन्द,ह्डताल,सडक आन्दोल ले अरुलाई रमिता देखाएको जस्तो भईरहेको छ | पूँजीवाद प्रब्रिती ले नेपाली हरुलाई खेलाउना बनाइ रहेको छ | छिमेकी राष्ट्र ले दिन का दिन सिमा मिच्दै आएको छ यसको बिरुद्द आवाज उठाउने कुनै बहादुर नेपाल मा जन्मिएको छैन | नेपाल बन्द गर्ने साटो देशमा उधोग कलकारखाना खोलौ बिदेश मा गएर खियाउने हात खुट्टाका नग्रा आफ्नै जन्म भुमी को माटो मा खियाऔ | देश ले यतिबेला कुशल युवा नेताको खोजी गरी रहेको छ | एक पटक सबै जना मिलेर देशको मुहार फेर्ने कोशीस गरौ गरे कसो नहोला?
अब विश्वभर एकत्तत्र छरिएर बसेका हामी नेपालीहरु यदी आफ्नो देश नेपाल र आफु नेपाली हुँ भन्ने साँच्चै नै धारणा अनी गर्व छ भने २०४६ र २०६२-६३ को आन्दोलन भन्दा पनी ४-५ गुणा बढी विश्वले न देखेको पहिलो र अन्तिम आन्दोलन गरी सदाको लागी नेपाल शान्ती को प्रतिक देश हो भनेर संसारको मुलुक लाई चिनाउन तपाईं हामीहरु एक जुट भई लाग्नु पर्ने समय आई पुगेको छ |