गर्भवति महिलाको मेजर अप्रेशन अर्घाखॉचीमै

– गणेश खनाल

 

सन्धिखर्क, अर्घाखॉची ।  विगत १ वर्ष देखी रोकीएको गर्भवती महिलाहरुको अप्रेशन गरि बच्चा जन्माउने कार्य जिल्ला अस्पताल अर्घाखॉचीले फेरी निरन्तरता दिएको छ ।

आवश्यक जनशत्ति नभएको भन्दै रोकीएको अप्रेशन सेवा सन्धिर्खक ३ की मिना नेपालीको सफल शल्यक्रिया संगै सुरु भएको अपस्ताल विकास समितीका अध्यक्ष्ँ भत्त बहादुर पुन जलनले जानाकारी दिए । अप्रेशन गरिएकी आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको अप्रेशनमा संम्लन डाक्टर नविन दर्नालले बताए ।


अपस्तालका चिकित्सक दर्नालले अप्रेशन सम्बन्धी टेनिङ्ग लिएर आएपछि यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । अप्रेशन सेवा सुरु गरे पनि जिल्लामा रगत बैंक नहुदॉ सेवा प्रभावित हुन सक्ने जिल्ला स्वास्थ्य प्रमुख डाक्टर यम बहादुर बस्नेतले बताए । रगत बैंक स्थापनाका लागी पटक पटक आवज उठ्ने गरे पनि अहिले सम्म सार्थकता पाउन सकेको छैन् ।


शुत्केरी आमाको अवस्था गम्भिर भएमा अप्रेशनको लागी बुटवल रिर्भर गर्नु पर्ने अवस्था रहेकोमा फेरी यो वर्ष देखी सेवा शुरु भएपछि गर्भवति महिलाहरु खुसी भएका छन् । निरन्तरताको लागी सबै सरोकारवालले ध्यान दिनुपर्ने स्थानीय बृद्धिजिवीहरुको भनाई रहेको छ ।


अपस्तालमै मेजर अप्रेशन नै हुन थालेपछि खास गरि विपन्न परिवार गर्भवति महिलाहरुले झनै राहतको महशुस गरेको जनाईएको छ । आर्थिक अभावका कारण उपचारका लागी बाहिर जान नसक्ने महिलाहरुले निशुल्क रुपमै आफनै जिल्लामा सेवा पाउने भएपछि ढङ्ग परेका छन् ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु