तिनदिन यतादेखि निरन्तर परेको वर्षाका कारण क्यानाडाको जनजिवन प्रभावित

कालगेरी । तिनदिन यतादेखि निरन्तर परेको वर्षाका कारण क्यानाडाको जनजिवन प्रभावित भएको छ ।

 

क्यानाडाको दक्षिणी अल्बर्टा प्रान्तको कालगेरी, क्यानमोर, बनाफ लगायतका शहरहरुबाट करिब ७५ हजार नागरिक विस्थापित भएका छन् । हालसम्म बाढीका कारण चारजनाको मृत्यु भइसकेको छ । तर क्यालगेरी शहरमा बसोबास गर्ने तीनहजार नेपाली भने सुरक्षित रहेका छन् ।

 

 वाढीपिडीतहरुलाई सुरक्षित स्थानतर्फ लाने क्रम जारी छ । नदीमा पानीको सतह बढेपछि स्थानीय सरकार चिन्तित रहेको यहाँका संञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

 

शुक्रवारदेखि यहाँका विद्यालय तथा चर्चहरु बन्द गरिएका छन् । अधिकारीहरुले स्थानीयलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइरहेका छन् । वाढीको प्रकोपसँग जुध्न यहाँ संकटकालीन अवस्थाको घोषणा गरिएको छ । अल्बर्टा कालगेरीका अधिकारीहरुले यो सन् २००५ पछिको खतरानक बाढी भएको जनाएका छन् ।

 

Agencies