ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा झण्डै दुइ वर्षपछि हवाई उडान शुरु हुने भएको छ । कालोपत्रेको काम रोकिएपछि विमानस्थलमा सफलतापूर्वक परिक्षण उडान भरेसंगै नियमित उडान सञ्चालनका लागि बाटो खुलेको हो । कालोपत्रे गर्ने भनि दुइ बर्ष अघि उडान सञ्चालन रोकीएको जिल्लाको एक मात्र रुम्जाटार विमानस्थलमा हवाइ उडान सञ्चालन हुने भएपछि जिल्लाबासी हर्षीत भएका छन् ।
लामो समयदेखी हवाइ उडान अवरुद्ध हुँदा जिल्लाका हजारौ नागरिकले ठुलो कष्ट भोग्नु परेको थियो । प्रधिकरणका इन्जिनियरको परिक्षण पछि परिक्षण उडान समेत सफल भएकाले नियमित उडान सञ्चालनका लागि बाटो खुलेको नागरिक उड्यान प्रधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले जानकारी दिए ।