ताप्लेजुङ । ताप्लेजुङमा जिल्ला बन कार्यालयकै मिलेमतोमा काठको अबैध निकासी पैठारी हुने गरेको खुलेको छ ।
प्रहरीले प्रतिवन्धित सालको काठ काट्नका लागि तयारी अबस्थामा राखेको फेला पारेपछि बन कार्यालयकै मिलेमतोमा काठको अबैध निकासी पैठारी हुने गरेको खुलेको हो ।
कञ्चनजंघा सशस्त्र प्रहरी गुल्मबाट खटिएको टोलिले नाङ्खोल्याङ्ग ४ स्थित सेसम्बुबाट गएराती ५२ क्यूफिट सालको काठ बरामद गरेको हो । स्थानीयवासिन्दाले जिल्ला बन कार्यालयका कर्मचारीकै मिलेमतोमा सो क्षेत्रमा सालका रुख काटिएको जनाएका छन् ।
उता, पाँचथरका दक्षिणी गाविसका आधा दर्जन बढी सामुदायिक वनमा पनि ब्यापक फडानी भएको छ ।
अतिकेथा, डाँडा सल्लेरी, यासोक, सराङडाँडा, मौवा र लिम्वालगायतका गाविसमा रहेका सामुदायिक बनमा बन कर्मचारीकै मिलेमतोमा बन फडानी भएको स्थानियवासीको आरोप छ ।
RSS