पाल्पा । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको पाल्पाको पोखराथोकस्थित पुख्र्यौली घरमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
अध्यक्ष रेग्मीको घरमा नेकपा माओवादी क्रान्तिकारीको पर्चासहित विष्फोटक पदार्थको झोला फेला परेको थियो ।
बम डिस्पोजका लागि बुटवलबाट नेपाली सेनाको टोली झिकाइएको थियो ।
RSS