सन्धिखर्कमा अब मंगलवार पनि हाटबजार

सन्धिखर्कमा मंगलवार हाटबजार लाग्ने भएको छ । देउराली सामाजिक विकास केन्द्रको पहलमा सन्धिखर्क स्थित टाफिक कार्यालय नजिकै प्रत्येक मंगलवार सञ्चालन हुने हाटबजारको एक समारोहका बीच सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनालले उदघाटन गरे । शुक्रवार नयाँ बसपार्कमा हटबजार लाग्दै आएको छ ।

 


 

गाउंमै उत्पादन भएको ताजा तरकारी लगायतका वस्तुहरु मात्र मंगलवारे हटबजारमा उपभोक्ताले पाउने केन्द्रको दावी छ ।

 


 

सन्धिखर्क गाविसको १ लाख ७० हजारको लगानीमा निर्माण भएको हटबजारमा जिल्लामै उत्पादन भएका वस्तुहरु बिक्री वितरण हुनेछन । यो हाटबजारमा धेरै जसो स्थानीय किसान सामेल छन । कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कार्यालयका कर्मचारी, सञ्चारकर्मी, व्यापारी लगायतको उपस्थितिमा आज उदघाटन गरिएको हो ।

 


 

उदघाटनकै दिनमात्रै दुई लाख बराबरको कारोबार भएको छ । हाटबजारलाई अझै व्यवस्थित गरिने केन्द्रका अध्यक्ष विष्णुहरि भुसालको भनाई छ । शुरुकै दिन अर्घाखाँचीमै उत्पादन भएको विभिन्न थरीका तरकारी किसानले घरबाटै बोकेर ल्याई आफै बिक्री गरेका थिए ।

 





Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु