उपचारका लागि जापान पुगेका राष्ट्रपति यादवलाई कुनै रोग नदेखिएपछि शुक्रबार काठमाडौं फर्कने

काठमाडौं  । आन्द्रामा गिर्खा देखिएपछि थप उपचारका लागि जापान पुगेका राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आन्द्रामा गिर्खा देखिएपछि जापानको टोकियोस्थित शिक्षण अस्पतालमा गरिएका विभिन्न परीक्षणबाट कुनै रोग नदेखिएको राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादवले जानकारी दिए ।


दुई पटकसम्म गरिएको क्लोनोस्कोपी, सिटिस्क्यान, अपरजिया इन्डोस्कोपी र पेटस्क्यानका रिपोर्ट सामान्य आएपछि राष्ट्रपति यादवको शरीरमा कुनै गम्भीर रोग नभएको अस्पतालले जनाएको हो ।


गत मंगलबारदेखि टोकियो शिक्षण अस्पतालमा उपचाररत यादव अस्पतालबाट डिस्चार्ज भएका छन।


बुधबारको रात टोकियोस्थित ओकुरा होटलमा बिताउने राष्ट्रपति यादवले बिहीबार दिउँसो जापान छाड्ने र शुक्रबार काठमाडौं आइपुग्ने उनका छोरा डा. चन्द्रमोहनले बताए ।
 
गत असार १ गते काठमाडौंको शिक्षण अस्पताल र ग्राण्डी अस्पतालमा गरिएको सिटीस्क्यानबाट आन्द्रामा गिर्खा देखिएपछि चिकित्सकीय टोलीको सल्लाह अनुसार सरकारले असार ३ गते राष्ट्रपतिलाई थप उपचारका लागि जापान पठाएको थियो ।

 

उनको उपचारको लागि सरकारले ६० लाख उपलब्ध गरएको थियो।

 

RSS / Arghakhanchi.Com