“दोषी आँखा”

बाबु रोका मगर”अपरिचित” 
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
तिमीलाई सुन्दर देख्न पुगेछन यि मेरा दोषी आँखा 
तिम्रो आँखा सँग आँखा जुद्दा मदहोस बनेछन यि मेरा दोषी आँखा |
तिम्रो ति कोमल अनी बान्की परेको सुन्दर वदन चुम्न पुगेछ यि मेरा दोषी आँखा
खोइ किन हो तिमीले बुझेनौ या मैले यि आँखा का भाका |
सिदा तिम्रो आँखा सँग टक्राउन पुगेछ यि मेरा दोषी आँखा
तिमी लाज ले नजर झुकायौ उदास भए यि मेरा दोषी आँखा |
तिमीलाई देख्न साथ आफ्नो बनाउने सपना देखे यि मेरा दोषी आँखा 
तिम्रो सिउदोमा दिन्दुर भरिएको देख्दा आँशुले रसाए यि मेरा दोषी आँखा |
न चाहदा न चाहदै खै के-के देख्न पुगेछ यि मेरा दोषी आँखा
तिमी त पहिलेनै अरु कसैकी भईसकेकी रहेछ्यौ धोका खाए यि मेरा दोषी आँखा |
उनले त बुझेर नै नजर झुकाएकी रहेछिन न बुझेको त रहेछ यि मेरा दोषी आँखा
बुझ्नै गार्हो हुँदोरहेछ आँखा को भाका आज दोषी बने यि मेरा आँखा |