धनकुटा । डिभिजन सहकारी कार्यालय धनकुटाले भोजपुरका ६ वटा सहकारी संस्थाको दर्ता खारेजी गर्ने भएको छ ।
साधारणसभा र वार्षिक लेखा परिक्षण नगरेको, आर्थिक पारदर्शिता नभएको, निष्कृय र अस्तित्व गुमाउँदै गएका भोजपुरका ६ वटा सहकारी संस्थालाई कारवाही गर्न लागिएको हो ।
डिभिजन सहकारी कार्यालयले धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभाका ८० वटा सहकारीलाई जरिवाना पनि गरेको छ ।
यी चार जिल्लामा दर्ता भएका ५ सय ८० मध्ये ७५ प्रतिशत सहकारी निस्कृय छन् ।
RSS