प्रमुख निर्वाचन आयुक्त उप्रेतीद्धारा सबै दललाई चुनावमा सहभागी हुन पनि आग्रह

काठमाडौं  । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उपे्रतीले आयोग निर्वाचनको तयारीमा जुटिसकेको भन्दै आफ्ना अभिव्यक्तिलाई राजनीतिक चर्चाको विषय नबनाउन दलहरुलाई आग्रह गरेका छन् । 
दलहरुबीचको सहमतिमै निर्वाचन सुनिश्चित हुने भन्दै उनले आयोगले निष्पक्षतापूर्वक चुनावको तयारी गरिरहेको बताए । 
आज आयोगमा सञ्चारकर्मीसँग कुरागर्दै प्रमुख आयुक्त उप्रेतीले निर्वाचन आयोगले संविधान र कानूनलाई पालना गर्दै त्यही अनुसार काम गर्ने पनि स्पष्ट पारे । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले सबै दललाई चुनावमा सहभागी हुन पनि आग्रह गरे । 
उनले केही दिनभित्रै आयोगले निर्वाचन सम्बन्धी आचारसंहितालाई अन्तिम रुप दिने जानकारी समेत दिए । 
यसैबीच, विगतमा ६ सय १ जना सभासद् संविधान बनाउन असफल भएको भन्दै उनीहरुमाथि कारबाही गरी तलवभत्ता फिर्ता लिनुपर्ने माग राख्दै चार राजनीतिक दलले आयोगमा ज्ञापनपत्र बुझाएका छन् । 
ज्ञापनपत्र बुझाउनेमा देशभक्त नेपाली जनता दल, राष्ट्रिय पुनर्जागरण पार्टी, नेपाल गणतान्त्रिक जनता पार्टी र राष्ट्रिय नागरिक पार्टी छन् ।
RSS