अष्ट्रेलिया । अष्ट्रेलियामा प्रधानमन्त्रीबाट जुलिया गिलार्ड हटेपछि केभिन रुड प्रधानमन्त्री भएका छन् । लेबोर पार्टीले गिलार्डलाई नेताबाट हटाएपछि रुड प्रधानमन्त्री भएका हुन् ।
गिलार्डले भने अब राजनीतिबाटै सन्यास लिने घोषणा गरेकी छन् । आगामी सेप्टेम्बर १४ मा आम चुनाव हुने निश्चित भएको र त्यसमा लबोर पार्टीले हार्ने आकलन गरिएको बेला प्रधानमन्त्री परिवर्तन गरिएको हो । गिलार्ड र रुढवीचको रस्साकस्सी सन् २०१० देखि शुरु भएको थियो ।
गिलार्डले त्यतिबेला रुढलाई लेबोर पार्टीको नेताबाट विस्थापन गरी प्रधानमन्त्री भएका थिए । रुढले प्रधानमन्त्री भए लगत्तै गिलार्डको पं्रशंसा गर्दै उनी असाधारण बौद्धिकता र शक्ति भएकी नेतृको संज्ञा दिएका छन् । जनतावीचमा गिलार्ड भन्दा रुढ लोकप्रिय भएकाले लेबोरले आगामी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न नेतृत्व परिवर्तन गरेको विश्लेषण गरिएको छ ।
विपक्षी नेता टोनी एबोटले रुडलाई सेप्टेम्बर १४ भन्दा अगाडि नै आम चुनाव गराउन आग्रह गरेका छन् ।
Agencies