अमेरिकी राष्ट्रपति बाराक ओबामा तीन दिने भ्रमणका क्रममा सेनेगलमा

अमेरिकी राष्ट्रपति बाराक ओबामा तीन दिने भ्रमणका क्रममा सेनेगल पुगेका छन् । सेनेगलपछि ओबामा दक्षिण अफ्रिाका पुग्ने ह्वाइट हाउसले जनाएको छ ।


सेनेगलमा रहँदा ओबामाले सेनेगलका राष्ट्रपति म्याकी सालसँग भेट गर्ने कार्यक्रम रहेको छ । भेटकै क्रममा ओबामाले सेनेगल र अमेरिकाबीचको आर्थिक सम्बन्ध लगाएत सामाजिक क्षेत्रका विषयमा पनि छलफल गर्ने बताईएको छ ।


सेनेगलबाट दक्षिण अफ्रिका पुग्ने ओबामाले दक्षिण अफ्रिाकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको स्वास्थ्यस्थितिबारे जानकारी लिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

 

AGENCIES