दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको स्वास्थ्यस्थिति अत्यन्त नाजुक
आषाढ़ १४ गते, २०७० मा प्रकाशित
केप टाउन । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको स्वास्थ्यस्थिति अत्यन्त नाजुक तर स्थिर रहेको जनाइएको छ ।
प्रिटोरियाको अस्पतालमा उपचाररत मण्डेलालाई भेटेर फर्किएकी उनकी नातिनी डिलेका मण्डेलाले यस्तो जानकारी दिएकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
डिलेकाले आमनागरिकले मण्डेलाप्रति दर्शाएको सद्भावले आफ्नो परिवारले केही सहज महशुस गरेको बताएकी छन् । फोक्सोमा संक्रमण भएपछि गत जनु ८ मा अस्पताल भर्ना भएका मण्डेलाको स्वास्थ्य पछिल्लो समय झन झन बिग्रदै गएको समाचार आइरहेका छन् ।
यता, मण्डेलाको नाजुक स्वास्थ्यका कारण राष्ट्रपति ज्याकोब जुमाले मोजाम्बिक भ्रमण रद्द गरेका छन् । दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति मण्डेला लामो समयदेखि फोक्सोमा संक्रमण लगायतका रोगसँग जुधिरहेका छन् ।