काठमाडौं । निर्वाचन आयोगले चार दलका नेताहरुसँग निर्वाचन आचारसंहिताको मस्यौदामाथि छलफल गरेको छ । निर्वाचन आयोगमा अपरान्ह भएको छलफलमा चार दलका नेताहरुले आचारसंहिता मस्यौदालाई संशोधन गर्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले निर्वाचनमा खर्च गर्न पाउने रकम, निर्वाचन प्रयोजनका लागि हवाईजहाज र हेलिकोप्टरको प्रयोग गर्न नहुने विषयमा आपत्ति जनाएका थिए ।