काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बालअधिकार उल्लंघनमा पीडितलाई न्याय दिलाउन सरकार समक्ष गरेको सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
आयोगले ललितपुरमा आयोजना गरेको कार्यक्रममा आयोगले प्रस्तुत गरेको प्रतिवेदनमा ११ वर्षको अवधिमा गरिएका ९७ वटा सिफारिस मध्ये ९१ वटा कार्यान्वयन भएको उल्लेख छ ।
९१ वटा सिफारिस २०५७ सालदेखि २०६८ सालसम्मका हुन् । यद्यपी आयोगले बाल अधिकार उल्लंघनका घटनामा पीडितलाई क्षतिपूर्ति दिन सफल भए पनि आयोगको सिफारिस अनुरुप पीडकलाई कारबाही हुन नसकेको बताएको हो ।
RSS