कुनै रोग नभएको पुष्टि भएका राष्ट्रपति यादव जापानबाट काठमाडौं फिर्ता, ६० लाख रुपैयाँ खर्च

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव जापानमा स्वास्थ्य परीक्षण पूरा गरी  काठमाडौं आपुगेका छन् । डा. यादव आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा अवतरण थिए । 

 

स्वदेशमा भएका परीक्षणले राष्ट्रपतिमा क्याक्सर भएको आशंका बढाएपछि उनी थप जाँचका लागि गत असार ३ गते जापान प्रस्थान गरेका थिए ।

डा. यादवको टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा विस्तृत स्वास्थ्य परीक्षण गरिदा क्यान्सर नभएको पुष्टि चिकित्सकहरुले गरेका थिए । काठमाडौंका दुईवटा अस्पतालहरुमा गरिएको परीक्षणमा उनको आन्द्रामा दाग देखिएपछि चिकित्सकहरुले क्यान्सरको लक्षण हुनसक्ने भन्दै विदेश गएर उपचार गराउन सल्लाह दिएका थिए ।


राष्ट्रपतिको उपचारका लागि सरकारले ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

 

RSS