धार्चुलाका दक्षिणी भेगका आधा दर्जन गाविसमा खाद्यान्न संकट

डोटी । महाकाली नदीमा आएको भीषण बाढीले भारतको धार्चुला बजारसँग जोड्ने झोलुंगे पुल बगाउँदा जिल्लाका दक्षिणी भेगका आधा दर्जन गाविसमा खाद्यान्न संकट भएको छ ।
भारतबाट खाद्यान्न आयात गरी खानुपर्ने बाध्यता भएका उकु, लाली, डाडाकोट, खरकडा, हुनैनाथ र रिठाचौपाता गाविसमा खाद्यान्न संकट भएको हो । 
महाकालीमाथिको पुल नहुँदा उनीहरु दुई दिनको बाटो हिडेर बैतडीको झुलाघाट जानुपर्ने बाध्य भएका छन् । सदरमुकाम खलंगामा पनि खाद्यान्न अभाव हुन थालेको बताइएको छ ।
RSS