महाकाली नदीमा आएको भीषण बाढीले भारतको धार्चुला बजारसँग जोड्ने पुल बगाउँदा आधा दर्जन गाविसमा खाद्यान्न संकट

डोटी  । महाकाली नदीमा आएको भीषण बाढीले भारतको धार्चुला बजारसँग जोड्ने झोलुंगे पुल बगाउँदा जिल्लाका दक्षिणी भेगका आधा दर्जन गाविसमा खाद्यान्न संकट भएको छ ।

 

भारतबाट खाद्यान्न आयात गरी खानुपर्ने बाध्यता भएका उकु, लाली, डाडाकोट, खरकडा, हुनैनाथ र रिठाचौपाता गाविसमा खाद्यान्न संकट भएको हो ।

 

महाकालीमाथिको पुल नहुँदा उनीहरु दुई दिनको बाटो हिडेर बैतडीको झुलाघाट जानुपर्ने बाध्य भएका छन् । सदरमुकाम खलंगामा पनि खाद्यान्न अभाव हुन थालेको बताइएको छ ।

 

RSS