मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीद्धारा आगामी संविधानसभाको निर्वाचन बहिस्कार गर्ने घोषणा

 पोखरा । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले आगामी निर्वाचन सक्रिय रुपमा बहिस्कार गर्ने भएको छ ।
मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीको केन्द्रीय समितिको बैठक पोखरामा शूरु भएको छ । बैठकमा पूर्ण र बैकल्पिक गरी १ सय ५१ केन्द्रिय सदस्य र ५२ सल्लाहकारको सहभागीता रहेको छ ।
 
यस भन्दा अगाडि बैठकले निर्वाचनमा सामेल हुने वा बहिष्कार गर्ने, ससस्त्र द्धन्द्ध जाने वा नजाने जस्ता पार्टीको आधिकारिक धारणाको टुंगो लगाउने बताइएको थियो।
 
साथै बैठकले कम्युनिट पार्टी नेकपा एकीकृत, मातृका यादवको पार्टी र क्रान्तिकारी पार्टीको एकीकरणको बिषयमा समेत टुंगो लगाउने छ । बैठक पोखराको मार्पा थकाली समाज सेवाको भवनमा बसिरहेको छ ।
 
RSS