– उमाकान्त पाण्डे ‘गाउंले’
टर्की इस्तानबुल – १५ असार , अन्तर्राष्ट्रिय आपराधिक समूहले टर्कीमा अपहरणपछि बन्धक बनाइएका नौ नेपाली नागरिकलाई नेपाल प्रहरीको पहलमा टर्की प्रहरीले अपहरणमुक्त गरी आङ्खनो नियन्त्रणमा लिएको छ । जेठ महिनामा युरोप र अमेरिका लैजाने भन्दै टर्की पुर्याइएका ती नेपाली नागरिकलाई अपहरण गरी नेपालस्थित आफन्तलाई मोटो रकम फिरौती मागेपछि नेपाल प्रहरीले त्यसको जानकारी टर्की प्रहरीलाई गराएको थियो ।
इस्तानवबुलस्थित प्रहरीले तत्काल (१० जेठमा) उद्धार गरी उनीहरूलाई आफ्नो नियन्त्रणमा लिएको हो । विभिन्न म्यानपावर कम्पनीमार्फत संयुक्त अरब इमिरेट्स (यूएई), लेबनान, कतारलगायतका मुलुकमा पुगेका ती नेपाली नागरिकलाई युरोप, अमेरिकामा