काठमाडौं । विभिन्न माग राखी खानेपानी वितरण बन्द गरेर आन्दोलनमा उत्रिएका निजी क्षेत्रका खानेपानी व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन् ।
खानेपानी जस्तो संवेदनशील र अत्यावश्यक वस्तुको विक्रीवितरण बन्द गरेर चरम अमानवीय काम गरेको भन्दै सर्वत्र चर्को आलोचना भईरहेको बेला ब्यावसायीहरुले सरकारसंगको वार्ताबाट आन्दोलन फिर्ता लिएका हुन ।
भौतिक योजना मन्त्री छवि पन्तसंग भएको वार्तामा सरकारले ब्यावसायीका माग सम्बोधन गर्न १ महिनाको समय मागेपछि ब्यावसायीहरुले आन्दोलन फिर्ता लिएका हुन ।
RSS