नुवाकोटमा युवतीलाई बिक्री गर्ने लगेको आरोपमा पक्राउ कार्यकर्तालाई रिहा गर्ने माग गर्दै ए.माओवादीले चक्काजाम

नुवाकोट,  । नुवाकोटमा युवतीलाई भारतमा बिक्री गर्ने लगेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्ने माग गर्दै एकीकृत माओवादीले चक्काजाम गरेको छ । पूर्वी नुवाकोटको सुन्दरादेवीका गाउँ सचिव विविलाल तामाङले गत वर्ष ०६९ भदौ ५ गते उर्लेनी गाबिसकी १९ वषीर्य युवतीलाई भारतमा विक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ


। भारतमा बेचिएकी किशोरीको पिताले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको थियो । किशोरीका बाबुले उजुरी दिएका अर्को आरोपी सुन्दरादेवीका सोमपर तमाङ भने फरार रहेको प्रहरीले जनाएको छ ।


 आफ्नो कार्यकर्ता पक्राउको बिरोधमा एमाओवादीका पुर्वसभासद बिमला सुवेदीको नेतृत्वमा रहेको कायकर्ताहरुले सदरमुकाम बिदुरमा चक्काजाम गरिरहेका हुन । एमाओवादी नुवाकोटका जिल्ला संयोजक समेत रहेकी बिमला सुबेदीले आफ्नो कार्यकर्तालाई फसाएको आरोप लगाएकी छिन ।

 

RSS