वर्षाका कारण अर्घाखाँचीका सडक भत्किदा विरामीलाई सास्ती

– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची । वर्षाका कारण जिल्लाका धेरैजसो सडक भत्किएपछि विरामीले उपचार पाउन कठिनाई भएको छ । बाटो भत्किएका कारण दुर्गम गाउँका विरामीलाई सदरमुकाम देखी स्थानीय स्वास्थ्य संस्थामा उपचारको लागि सास्ती खेप्दै आएका छन ।

 

 

 

सदरमुकाम सन्धिखर्क आपसपासका गाविस बाहेक जिल्लाका अधिकांश गाउँका विरामीले समयमै उपचार पाउन सकेका छैनन । झण्डै एक सातासम्म लगातार परेको अविराल वर्षाले ग्रामीण कच्ची सडक भताभुङ भएका छन । सडक माथिबाट आएको पहिरोले सडक पुरेको छ भने तलबाट भत्किएर बगेकाले नियमित गाडी हिडने कच्ची सडक अहिले ठप्प छ । पहिरोले सडक पुरेकाले मान्छे आवत जावत गर्न मुस्किल परेको गाउँलेको गुनासो छ । जिल्लाको दक्षिणी क्षेत्रको सिद्धारा, सिमलपानी लगायत आठ गाविस र पुर्वी क्षेत्रको पोखराथोक, खिदिम पणेना पटौटी र पश्चिमी क्षेत्रका सबै सडक बिग्रिएका छन ।

 

सन्धिखर्क आसपासका वाङला, पाली, किमडाँडा अर्घा लगायत ४२ मध्ये सात गाविसमा मात्रै गाडी चलेका छन भने अरु गाविसमा गाडी चल्न सकेका छैनन् । अहिले सडक नराम्ररी नै विग्रियो, पटौटी गाविस सचिव, लक्ष्मी घिमिरे भन्छिन, सदरमुकाम जानलाई दिनभर लाग्ने गर्छ, एउटै सडक पाईलैपिच्छे भत्किएका छन । भौगोलिक वनाबाट ठुलो र छरिएर रहेको वस्ती भएकाले विरामीलाई घण्टौसम्म बोकेर उपचारको लागि लैजानुपर्छ । गाउँकै स्वास्थ्य चौकीमा उपचार गराउन अहिले दुर्गम वस्तीबाट कम्तिमा पाँच घण्टा पैदल हिडनुपर्छ, पटैतीका बाबुराम घिमिरेले भने, मोटरबाटोमा हिडदा माथिबाट पहिरोले च्याप्ला भन्ने त्रास छ । गाउँका टौलैपिच्छे खनिएका बाटा पुरै भत्किएको र गाविसमा जाने मुख्य सडक नै भताभुङ भएकाले विरामी बोकेर लैजान र सर्वसाधारण आवतजावत गर्न अप्ठयारो परेको उनले बताए । वर्षाको बेला गाउँमा ज्वरो, झाडापखाला लगायतका विरामी हुनेगर्छन । दक्षिणी गाविस सिद्धारा, सिमलपानी, जलुके लगायतका गाउँका दुर्गम वस्तीमा झनै सास्ती छ ।

 


 

सिद्धारको खयरवटी, पाकुरी, लौरी लगायतका वस्तीका गाउँले एक गाउँबाट अर्को गाउँमा जानै वञ्चित छन । जंगल सहितको वस्ती र खोला तर्न नसक्दा समान्य विरामी पर्दा समेत उपचार जान सक्दैनन सिद्धाराका रोमाखर बञ्जाडे भन्छन, डोली, स्टेचर, डोकोमा बोकेर ल्याउदा दिनभर समय लाग्ने गर्छ । सरकारी कामले सदरमुकाम आउने पनि वर्षाको कारण बाटो भत्किएकाले रोकिएका छन । मोटरबाटोमा मान्छे वारपार गर्न गाह्रो परेकाले पहिरोको त्रासले घरबाट टाठा जान मान्दैनन्, । गाउँमा आकस्मिक विरामी हुदा आपतै पर्ने गरेको छ, जलुकेका घनबहादुर पल्ली भन्छन, उपचार नपाउ

अन्य समाचारहरु