काठमाडौं। पानी जहाजमा काम गर्न जान आवश्यक पर्ने क्रुज ट्रेनिङका लागि भारतको लखनउ पुगेका एक जना नेपालीको मृत्यु भएपछि विवाद भएको छ । एक हप्ता अघि ब्रिटिश गोरखा मेनपावरबाट १२ दिने पानी जहाज क्रियू तालिमका लागि गएका २० बर्षे बिसु गुरुङको ३ दिनपछि नै मृत्यु भएको हो ।
लखनउस्थित केन्द्रीय सामुन्द्रिक प्रशिक्षण संस्था सिएम आइटिमा प्रशिक्षणका लागि गएका उनको शव आइतबार विहान रेलवे ट्रयाकको किनारमा फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन् । गुरुङको परिवारले भने मेनपावर र भारतस्थित प्रशिक्षण केन्द्रले घटनाबारे समयमै जानकारी नगराएको र मृत्यु कसरी भयो भन्नेमा पनि फरक फरक जानकारी दिएकाले शव बुझ्न मानेका छैनन् ।
परिवारले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र क्षतिपूर्ति दिन माग गरेका छन् । १६ बर्षदेखि प्रशिक्षणका लागि नेपालीलाई भारत पठाउँदै आएकोमा पहिलो पटक यस्तो भएको भन्दै घटनाको जिम्मा आफूले नभइ भारतस्थित प्रशिक्षण केन्द्रले नै लिनुपर्ने तर्क म्यानपावरका कार्यकारी निर्देशक पदमबहादुर गुरुङको छ ।
RSS