विदेशी कम्पनीको नक्कली ईमेल आइडी बनाई ठगी गर्ने पक्राउ

काठमाडौं  । विदेशी कम्पनीको नक्कली ईमेल आइडी बनाई विभिन्न व्यक्तिहरुबाट ३० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने एनसीएफ इम्पप्लोइमेन्ट सर्भिसेज, सिनामंगलका प्रबन्ध निर्देशक देवीप्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।


पाँचथर घर भई काठमाडौंको नयाँबानेश्वरस्थित मिलनचोकमा बस्दै आएका काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले साइबर अपराध अन्तर्गत  पक्राउ गरेको हो ।


अभियुक्त काफ्लेले युएईको क्युविजि सेक्युरिटि एण्ड एलएलसी कम्पनीको नक्कली ईमेल आइडी बनाई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

 

RSS