काठमाडौं। एशियाली विकास बैंकले काठमाण्डौं उपत्यका फोहोर पानी व्यवस्थापन परियोजना कार्यान्वयनका लागि साढें ७ अर्ब रुपैयाँ बढी ऋण सहयोग गर्ने भएको छ । एडिबीले उक्त परियोजनाका लागि ५ करोड ३२ लाख एसडिआर अर्थात् ८ करोड अमेरिकी डलर ऋण सहयोग गर्ने समझारी गरेको हो ।
बुधबार भएको समभदारी कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनि र एडिबीका तर्फबाट नेपालका लागि देशिय निर्देशक केनिचि योकोयामाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । उपत्यकामा फोहोर पानीको व्यवस्थापनमा सुधार गर्नु नै परियोजनाको मुख्य उद्देश्य रहेको छ ।