– अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले सञ्चालन गरेको संविधानसभाको निर्वाचनका लागि एक महिने पार्टी परिचालन अभियान सम्पन्न गरेको छ । संविधानसभाको निर्वाचनलाई आधार बनाएर सञ्चालन गरिएको सो अभियान सफल भएको एमालेले जनएको छ ।
संविधान सभाको विगठनबाट निराश बनेका जनता सँग फेरी भोट माग्न एमाले गाउँगाउँमा पुगीसकेको छ । पार्टीले चुनावलाइ केन्द्रित गरेर गाउँतहमा कार्यक्रम सञ्चालन गरेको हो । उक्त अभियान अन्तर्गत गाउँ कमिटी देखि वडा तहसम्मा वैठक,भेला प्रशिक्षण, जनवर्गीय संगठन निर्माण पार्टी प्रवेशको कार्यक्रम रहेको जिल्ला संगठन विभाग प्रमुख पिताम्मर भुसालले बताए ।
दुइ निर्वाचन क्षेत्र, ११ इलाका र ४२ ओटा गाविस रहेको यस जिल्लामा एमालेले दश वटा टोली बनाएर चुनावी अभियानमा लागेका हो । क्षेत्र नम्वर एकको नेतृत्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बोमवहादुर वि.क र दुइ नम्वर क्षत्रको नेतृत्व केन्द्रिय समिति सदस्य नजिर मियाँको रहेको अभियानमा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नरेन्द्रकुमार क्षेत्री, पिताम्मर भुसाल(क) श्रीधर आचार्य, पवित्रा पौडेल, वुद्धिजीवी डाक्टर दुमन थापा, लुम्विनी अञ्चल समन्वय कमिटी सदस्य लक्ष्मण रायमाझी, अञ्चल स्कुल विभागका सदस्य बुद्धिबहादुर रायमाझी लगायत जिल्ला तहका नेताहरुको अगुवाइमा अभियान सम्पन्न भएको हो ।
गएको संविधानसभामा जिल्लाको दुवै निर्वाचन क्षेत्रमा पराजय व्यहोरेको एमालेले अव हुने दास्रो संविधानसभाको निर्वाचनमा भने जिल्लाका दुवै क्षेत्र जित्ने दावी गरेको छ । एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले एमालेमा प्रवेश गर्नेहरुको लहरनै चलेकाले जीत सुनिश्चित भएको दावी गरे । उनले एमाले मात्रै सच्चा कम्युनिष्ट भएकाले अव एमालेको जीतलाइ कसैले रोकेर नरोकिने बताए ।
एमालेले सञ्चालन गरेको यो अभियानले कार्यक्रताहरुमा पनि उत्सुकता जगाएको छ । कार्यक्रताहरुले पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने सुझाव नेताहरुलाई दिन थालेको छन् । विगतको संविधानसभाको निर्वाचनमा पार्टी बीचमै एकता नभएका कारण दुवै क्षेत्र परायज वेहोर्नु परेको कतिपय कार्यकर्ताहरुको गुनासो छ । कार्यकर्ताको गुनासो आइरहेका बेला नेताहरुले पनि विगतका कमिकमजोरीलाइ सुधारेर अघि वढनुको विकल्प नभएको बताउदै आएका छन् । अन्य पार्टीहरु चुनावी अभियानमा नलाग्दै एमालेले देश व्यापी रुपमा संविधानसभाको चुनावलाई लक्षित गरि पार्टी पचिालन अभियान चलाउनुले पनि पार्टीको अवस्था सुर्धने कपियको विश्लेषण छ ।
विगतको चुनावमा तेस्रो शक्तिको रुपमा चित्त वुझाउनु परेरे ठुलो धक्का महसुस गरेको एमालेले अव हुने निर्वाचनमा भने पहिलो पार्टी वन्ने आशा लिएको छ । एमाले अर्घाखाँचीले यो चुनाव केन्द्रित पहिलो चरणको कार्यक्रम रहेको र चुनावी अभियानका अन्य कार्यक्रमहरु पनि गर्दै जाने बताएको छ । एमाले जिल्ला कमिटीका सचिव रामबहादुर चौहानले चुनावी कार्यक्रमहरु निरन्तर रुपले अघि वढने बताए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।