मन्त्रिपरिषदका अध्यक्ष रेग्मी विरुद्धको मुद्दा टुंगोमा पुगेन

काठमाडौं  । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई मूख्य प्रतिवादी बनाई सर्वोच्च अदालतमा दायर भएका मुद्दाहरुको टुंगो आज पनि लाग्न सकेन । 
प्रधानन्यायाधीश र कार्यकारी प्रमुख एकै व्यक्ति बन्न नमिल्ने दाबी लगायत रेग्मी विरुद्ध परेका मुद्दाहरुमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई भएपनि टुंगो भने लाग्न नसकेको हो ।
१० जना न्यायाधीशको इजलाशमा भएको वहस नसकिएको भन्दै आगामी साउन १७ गतेका लागि अर्को सुनुवाई तोकिएको छ ।
अधिवक्ता ओमप्रकाश अर्याल, भरतमणि जंगम लगायतले रेग्मी, राष्ट्रपति तथा प्रधानमन्त्रीको कार्यालय र चार दल विरुद्ध मुद्दा दायर गरेका छन् ।
RSS