चार दलले गरेको २५ बुँदे सहमति खारेज नगरेसम्म निर्वाचन हुनै नसक्ने नेकपा-माओवादीको दाबी

चितवन  । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले चार दलको सिण्डीकेटले मंसिरमा गर्ने भनेको निर्वाचन आफूहरुले सक्रिय रुपमा बहिस्कार गर्ने बताएका छन् ।

 

चितवनको भरतपुरमा आज आयोजित कार्यक्रममा उनले संविधानसभाको निर्वाचन राष्ट्रिय स्वाधीनताको विरुद्वमा भएको जिकिर गरे ।

विदेशीको इशारामा निर्वाचन हुन लागेको भन्दै गजुरेलले चार दलका नेता र खिलराज रेग्मीले निर्वाचन भन्दैमा निर्वाचन नहुने दाबी गरे ।


नेता गजुरेलले चार दलले गरेको २५ बुँदे सहमति खारेज नगरेसम्म निर्वाचन हुनै नसक्ने दाबी समेत गरे ।

 

RSS